तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी हुनुभएको छ ।

बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनुभएको छ । त्यसअघि अनुशासन आयोगको प्रतिवेदन,  आर्थिक प्रतिवेदन सङ्गठनात्मक प्रतिवेदन पेस भएका थिए । 

यसैगरी, पार्टी उपसभापति स्वर्णिम वाग्लेले  अर्थ राजनीतिक प्रस्ताव र सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button