प्रेस चौतारी कास्कीको अध्यक्षमा अधिकारी
पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी निर्वाचित हुनु भएको छ। प्रेस चौतारी नेपाल कास्की शाखाको २७ औं स्थापना दिवस तथा नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
संगठनको उपाध्यक्षमा गिरधारी पोखरेल, महिला उपाध्यक्षमा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, समावेशी सहसचिवमा सुरेश सुनार, र कोषाध्यक्षमा सन्दिप खनाल सर्वसहमति द्वारा निर्वाचित हुनुभएको छ।
त्यस्तै, अन्य सदस्यहरूमा सुरेश रानाभाट, संजय थापा, रचित पौडेल, आषिश पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने पनि सर्वसहमतिद्वारा निर्वाचित हुनुभएको हो ।
उक्त अवसरमा पत्रकार गणेशमान गुरुङलाई प्रेस चौतारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानित गरियो भने प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार इन्द्रप्रसाद पौडेललाई पुरस्कृत गरिएको छ। यस अवसरमा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्यप्रसाद पौडेल, प्रेस स्वतन्त्रताका सेनानी माधन शर्मा, वद्रिविनोद प्रतिक, एमाले कास्कीका अध्यक्ष बयन बहादुर गोदार लगायतका व्यक्तिहरूले सम्मान प्रदान गर्नुभएको थियो ।
उक्त पुरस्कारको राशि २२,२२२ रुपैयाँ रहेको सचिव रञ्जन अधिकारीले जानकारी दिनुभयो। प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत केशव पाठक र अग्रज पत्रकार केशवशरण लामिछाने सदस्य र कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको थियो। कार्यक्रममा पत्रकारका विभिन्न संघ संगठनका नेता तथा प्रेस चौतारीका नेताहरु पनि उपस्थित हुनुहुन्थयो
प्रतिक्रिया राख्नुहोस्