काठमाडौंमा सभा गर्दै समाजवादी मोर्चा
काठमाडौं। समाजवादी मोर्चाले आज (मङ्गलबार) काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने तयारी पूरा गरेको जनाएको छ।
सभा आयोजनाको तयारीमा मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, शीर्ष नेताहरूको सम्बोधन, भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, सञ्चारकर्मीको व्यवस्थापन लगायतका कार्यसूची तयार गरिएको छ।
समाजवादी मोर्चाका सदस्यसचिव खड्गबहादुर विश्वकर्माका अनुसार, सभा देशभरका संगठनात्मक गतिविधि, हालसम्मका उपलब्धि र कमजोरी, तथा आगामी कार्ययोजनाबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले आयोजना गरिएको हो।
सभा कार्यक्रममा समसामयिक राजनीतिक विषयवस्तु, संसद् बोलाउन सरकारले गरेका ढिलासुस्तीलगायत विषयमा मोर्चामा आबद्ध नेताहरूले धारणा राख्ने कार्यक्रम पनि रहने छ।
सन् २०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपा लगायतका दलहरूको सहभागितामा समाजवादी मोर्चा गठन भए पनि हाल उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन।
समाजवादी मोर्चाले ६० जिल्ला र ३० स्थानीय तहमा संगठनात्मक संरचना तयार गरेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्