तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लबको शानदार जित

काठमाडौँ । नेपाल पुलिस क्लबले पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भारतको सुनिल भलिबल क्लबमाथि सानदार जित दर्ता गराएको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफ विजयी भएका थिए । पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ र एपिएफले न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button