मिस तामाङ पोखराको उपाधि शिशा घिसिङलाई

पोखरा । मिस तामाङ पोखराको उपाधि पोखरा लेकसाइडकी शिशा घिसिङ तामाङले जित्नु भएको छ । पोखरा सभागृहमा हालै सम्पन्न भएको प्रतिस्पर्धामा १० जना प्रतियोगीलाई पछि पार्दै उहाँले मिस फ्रेण्ड्ली सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिनु भएको हो ।
प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदायलाई किन समृद्धशाली समुदाय भनिन्छ भनेर सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धी भन्दा सर्वोत्कृष्ट उत्तरका साथ उपाधि जित्न सफल हुनु भएको हो ।
बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको नवौं संस्करणको मिस तामाङ पोखरामा मिस पंक्चुवल सहित फर्स्ट रनरअप आकृति थिङ तामाङ बन्नुभयो । सोनिका मोक्तानले मिस पपुलर सहित सेकेण्ड रनरअप हुँदा पूर्णिमा ब्लोन तामाङ मिस कल्चर सहित भ्युवर्स च्वाइस टाइटल हात पार्न सफल हुनु भयो ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नु भयो । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नुभयो । भ्युवर्सच्वाइसको विजेताले नगद २० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइबा तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला तामाङ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष शिवु ब्लोन, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य श्री सुजन ब्लोन तामाङ, वर्षा तामाङ, अर्पणा तामाङ, मोनिका तामाङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।
यसैगरि प्रतियोगितामा मञ्जिता पाख्रिनले मिस फोटोजेनिक, प्रिन्सेस घिसिङ तामाङले मिस कन्फिडेण्ट, पूर्णिमा थिंङ तामाङले बेस्ट वक, सुनिता तामाङले ब्युटी विथ पर्पोज, सुप्रियागोले तामाङले बेस्ट स्माइलको सब टाइटल हात पार्नुभयो । यस्तै सुमिना तामाङले मिस ट्यालेण्ट, जमुना लामाले बेस्ट स्किन एण्ड हेयरको सबटाइटल जित्नुभयो ।
सबटाइटल विजेताहरूलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका कार्यवाहक अध्यक्ष अन्जना तामाङ, कोरियो ग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, निर्णायकहरू गीतकार तीर्थ तामाङ, कलाकार जानुका बोहोरा लगायतले पुरस्कार वितरण गर्नुभयो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले यस्ता खालका कार्यक्रमले युवा पुस्तामा तामाङ जातीको भाषा, संस्कार र संस्कृतिको प्रवर्द्धन हुने बताउनुभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइबा तामाङ,नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, कार्यक्रमका संयोजकमा पुर्वमिस तामाङ पोखरा रोश्माब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ, रामलामा, जितालामा, सञ्चारकर्मी सञ्जय मल्ल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको निर्णायकमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ, कलाकार जानकी बोहरा, कमला गुरुङ रहनु भएको थियो । गायक सोनाम मोक्तान, हास्य कलाकार राजेन्द्र नेपाली, युवराज भण्डारी लगायतले प्रस्तुती राख्नु भएको थियो । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्