तपाईँ सुन्दै हुनुहुन्छः

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सप्तरी । सप्तरीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ५ः४५ बजेको समयमा विद्यालय गइरहेकी किशोरीलाई विष्णुपुर गाउँपालिका– ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी डिलछेउमा मण्डलले बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् । 

प्रतिकार गर्ने क्रममा किशोरीको बायाँ हात भाँचिएको छ भने शरीरका विभिन्न भागमा नीलडाम समेत रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।  

कक्षा ११ मा पढ्ने किशोरीकै जाहेरीका आधारमा आरोपी मण्डललाई बुधबार साँझ पक्राउ गरिएको डिएसपी बस्नेतले बताउनुभयो।

आरोपित युवकलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई १० दिनको अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button