सुर्खेतमा शुक्रबारदेखि युवा महोत्सव हुँदै
सुर्खेत । सुर्खेतमा यही शुक्रबारदेखि दुई दिने युवा महोत्सव शुरु हुने भएको छ ।
कर्णालीमा पहिलो पटक आयोजना गर्न लागिएको युवा महोत्सव (यूथ फेस्टिभल) माघ ११ र १२ गते वीरेन्द्रनगरको सिटी हलमा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजकले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सवमा स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवर्तन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका कार्यक्रम सञ्चालन गरिने महोत्सवका संयोजक हिमाल विष्टले बताउनुभयो ।
उहाँले परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रममा तीनदेखि ५ हजार विशिष्ट युवाहरूको सहभागिता रहने जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख सल्लाहकार भूपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवाहरूको सशक्तीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्व लगायत स्थानीय कर्णालीका प्रतिभाशाली युवाहरूको उपस्थिति हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्