तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा डा. भूसाल

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसालले प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा कामकाज गर्ने जिम्मेवारी पाउनुभएको छ।

गृहमन्त्री स्तरको यही माघ ४ गतेको निर्णयअनुसार डा. भूसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा कामकाज गर्ने गरी जिम्मेवारी पाउनुभएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम डा. भूसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो।

पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button