सङ्घीय संसद्को अधिवेशन चाँडै बाेलाइने: गृहमन्त्री लेखक
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले सरकार चाँडैनै सङ्घीय संसद्को अधिवेशन बेलाउने तयारीमा रहेको बत्ताउनु भएको छ ।
प्रेस युनियनले आज कञ्चनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सरकारले पास गरेका अध्यादेशहरुबारे विभिन्न टीकाटिप्पणी यदाकदा सुनिने गरेकोले छिट्टै सङ्घीय संसद्को अधिवेशन बेलाएर अनुमोदन गर्न सरकारको तयारी रहेको बत्ताउनु भयो ।
उहाँले वर्तमान सरकार विकास र समवृध्दका लागि गठन भएकोले काङ्ग्रेस र एमाले बिच भएको गठबन्धन २०८४ यता कुनै पनि अवस्थामा परिवर्तन नहुने बत्ताउनु भएको छ । उहाँले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुसल नेपाल फिर्ताका लागि सरकारले कूटनैतिक पहल गरि रहेकोले उनी छिट्टै नेपाल फर्कने समेत विश्वास व्यक्त गर्नु भयो ।
गृहमन्त्री लेखकले दोधाराचाँदनीमा सुख्खाबन्दरगाहा बनाउने आवश्यक प्रक्रिया पुरा भएकोले तिन महिना भित्री भारत सरकारले निर्माण कार्य सुरु गर्ने समेत बत्ताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्