तपाईँ सुन्दै हुनुहुन्छः

पौवादुङमा आमन्त्रित गोल्डकप : धरानको अल्स्टार र कोटकालिका अर्को चरण प्रवेश

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे रङ्गशालामा जारी दोस्रो आमन्त्रित गोल्ड कप फुटबल अन्तर्गत शुक्रवार अलस्टार फुटबल क्लब धरान र देउराली फुटबल क्लबका बिचमा भएको पहिलो खेलमा अलस्टार तथा दोस्रो आम्तेक ११ फुटबल क्लब र कोटकालिका फुटबल क्लब तिवारी भन्ज्याङबिच भएको खेलमा कोटकालिका अर्को चरणमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा अलस्टार फुटबल क्लबले देउराली फुटबल क्लबलाई ४–१ गोलले पराजित गरेको छ । अलस्टारका तर्फबाट राकेश राई, उत्कस कुवर र आचल लिम्बुले दुई गोल गरेका थिए ।

सो पश्चातको दोस्रो खेलमा कोटकालिका फुटबल क्लबले आम्तेक ११ फुटबल क्लबलाई ५–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । कोटकालिकाका लागि कमल खवास, रिर्चाड बिल्सनले एक एक गोल गरेका थिए भने अमिर बेश्राले तीन गोल गरेका थिए ।

गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ९ गते सञ्चालन हुने छ ।

गत वर्षबाट सुरु प्रतियोगिता अन्तर्गत दोस्रो संस्करणका रुपमा सञ्चालन हुन लागेको प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण र प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले पनि सहभागिता जनाउने छन् भने अन्य टिमहरूमा आम्तेक ११ फुटबल क्लब, पौवादुङमा खेलकुद विकास समिति(क), छथर गाउँपालिका तेह्रथुम, कोट कालिका फुटबल क्लब, अरुण गाउँपालिका, राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापा, मोर्डन एरा फुटबल एशोसियन विराटनगर, तिवारी भञ्ज्याङ फुटबल क्लब, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटबल क्लब, अलस्टार फुटबल क्लब धरान र पौवादुङमा खेलकुद बिकास समिति (बि) सहभागिता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button