आफू सरकार ढाल्ने खेलमा नलागेको अध्यक्ष प्रचण्डकाे भनाई
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सुकुटे क्षेत्रलाई पर्यटन प्रवर्द्धनमा आयोजित राष्ट्रिय वीच भलिबल प्रतियोगिताले सहयोग पुर्याउने बताउनुभएको छ ।
७ औँ महिला तथा ८ औँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको मङ्गलवार सुकुटेमा उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सुकुटेसँगै, जुगल हिमाल लगायत यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भलिबल लगायत क्रिकेट, फुटबल नेपालमा लोकप्रिय रहेको बताउँदै उहाँले आफ्नो तर्फबाट खेल क्षेत्रको सहयोगमा सहयोग रहने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले आफूहरू सरकार ढाल्ने खेलमा नलागेको बताउँदै संविधान अनुसार वर्तमान सरकार चल्नुपर्ने बताउनुभयो ।
सांसद माधव सापकोटा, प्रदेश सांसद सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापा लगायतले यस प्रतियोगिताले सुकुटे लगायत सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय सहित ३६ टिम सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगिता माघ ५ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्