राज्य व्यवस्था समिति बैठक : आयोगहरूलाई छुट्टै सेवामार्फत कर्मचारी माग
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विचाराधीन संघीय निजामती सेवाको गठन सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयमाथि संवैधानिक आयोगका पदाधिकारीसँग सुझाव लिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संवैधानिक आयोगहरू विशेष रहने हुँदा कर्मचारी नियुक्त गर्न छुट्टै सेवा आवश्यक भएको बताउनुभयो ।
बैठकमा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अवसर नपाएको समुदायबाट कर्मचारी नियुक्त गर्दा मेरिटोक्रेसीको मापदण्ड लागु गर्न नहुने बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले कर्मचारीको ट्रेड युनियन अधिकार विधेयकमा समावेश गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले सरकारी कर्मचारीभित्र राजनीतिक दलका भातृ सङ्गठनका रुपमा रहने ट्रेड युनियन राख्न नहुने धारणा राख्नुभयो ।
संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तकै आधारमा निजामती कर्मचारीलाई समावेशी बनाउनुपर्नेमा जोड दिँदै सांसदहरुले तेस्रो लिङ्गीलाई समेत निजामती सेवामा कोटा छुट्ट्याइनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्