गाडी दुर्घटनामा १ जनाको मृत्यु, ४ घाइते

रोल्पा । गएराति रोल्पाको फगाममा बोलेरो गाडी दुर्घटनामा परि एक जना सवारीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्
लु १ ज ४८८९ नम्बरको बोलेरो डबल क्याप भएको गाडी रुईनिवाङबाट फगामतर्फ जाँदै गर्दा सुनछहरी गाउँपालिका वडा नं. ६ फगाम धुम्सि स्थित भित्री कच्ची सडक खण्डमा ब्रेक फेल हुँदा सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
दुर्घटनामा परी फगाम निवासी ५७ वर्षीय गौरा रोका मगरको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाकारी गराएको छ भने सोही ठाउँका जिपमा सवार अन्य घाइतेहरूमा ३५ वर्षीय तिल बहादुर घर्ति, ४३ वर्षीय टेक बहादुर बुढा मगर, २५ वर्षीय प्रेम रोका मगर र गाडी चालक २९ वर्षीय धनिराम घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताउनुभयो ।
त्यसैगरी तिल बहादुर घर्तिको अवस्था गम्भीर भएकोले थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको र अन्य घाइतेहरूको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ चालक धनिराम घर्ति मगरलाई प्रहरीको नियन्त्रणमा लिएको छ
प्रतिक्रिया राख्नुहोस्