तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारहरूको पेशागत सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

oplus_2

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पत्रकारहरूको पेशागत सुरक्षा तथा मर्यादा बढाउनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । 

मुख्यमन्त्री सिंहले नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको नव निर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमको आज जनकपुरधाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले मधेश प्रदेश समितिको कार्यालय भवन निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन गर्नुका साथै पत्रकारहरूको पेशागत सुरक्षाका लागि ७ लाखको दुर्घटना तथा १ लाखको स्वास्थ्य बिमा तथा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति दिने व्यवस्था गरेको बताउनु भयो । 

oplus_2

उहाँले मधेश प्रदेश सरकारले विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञान दिँदै आएकोमा अव अनलाइनलाई दिने गरि प्रदेश सरकार अगाडी बढेको बताउनु भयो । 

उहाँले पत्रकारहरूले मधेश प्रदेश सरकारले गरेको सकारात्मक कार्यको प्रचार गरिदिनका लागि आग्रह गर्दै नकारात्मक समाचार मात्र दिँदा मधेश प्रदेशलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्न थालेकाले यस तर्फ सचेत रहनका लागि आग्रह गर्नु भयो । 

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले १० दिन भित्रमा नै गुठी विधेयक ल्याउन लागेको बताउँदै सरकारले एक निर्वाचन क्षेत्र ५ किलोमिटर कालोपत्रे सडक तथा एक पक्की पुलको निर्माणका लागि टेण्डर गर्न लागेको बताउनु भयो । 

oplus_2

मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेश प्रदेश सरकारले मधेशी जनताको भावना अनुसार काम गरिरहेको बताउँदै मधेश प्रदेशमा १ पटक सवारी साधन दर्ता गरेपछि १५ वर्षसम्म कर नलाग्ने गरि विधेयक पारित गरेको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपाल पत्रकार महासङ्घको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संघीय सांसद प्रभु हजरा, महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, निवर्तमान सचिव दिपेन्द्र चौहान, लेखा समितिका संयोजक केसी लामिछाने सहितका वक्ताहरूले बोल्नु भएको थियो । 

यस अघि महासङ्घका अध्यक्ष राजेश कुमार कर्णले नवनिर्वाचित अध्यक्ष श्याम बन्जराई पद हस्तान्तरण गर्नु भएको थियो । उता निर्वाचन समितिका संयोजक प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै प्रदेश समितिका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र दिनु भएको थियो । 

oplus_2

प्रतिक्रिया राख्नुहोस्

Back to top button