भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गरायो

रुपन्देही । रुपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ।
मेडिकल कलेजको मालीले रुख काटिरहेको बेला बिहान करिब १०ः३० बजे पुरानो प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
“बम पुरानो खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले निष्क्रिय गरेको छ!”, प्रहरी नायब उपरीक्षक कार्कीले भन्नुभयो, “कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धान जारी छ।”
प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी, ब्याट्री र अन्य उपकरण जडान गरिएको थियो। बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरेको हो।
कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो।








प्रतिक्रिया राख्नुहोस्