तपाईँ सुन्दै हुनुहुन्छः

कतारको राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ । कतारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ । 

कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतार एकीकरणको स्मरण गरी राष्ट्रिय दिवस मनाइन्छ । थानीले सन् १८७८ को डिसेम्बर १८ देखि आधुनिक कतार राज्यको अवधारणा ल्याएर कतार  एकीकृत, एकताबद्ध र स्वतन्त्र राज्यका रुपमा अघि बढाएका थिए ।

विभिन्न देशमा रहेका कतारका राजदूतावासले पनि राष्ट्रिय दिवस  मनाउने गरेका छन् । राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित कतारी राजदूतावासले काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय दिवसका अवसरमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारी जनतालाई शुभकामना दिनुभएको थियो । नेपालका लागि कतारी राजदूत मिशाल विन मोहमद अलअन्सारी र उपराष्ट्रपति यादवले संयुक्त रूपमा केक काटेर रात्रिभोजको सुरुवात गर्नुभएको थियो ।

नेपाल कतार बीचको सम्बन्ध सन् १९७७ मा स्थापना भएको हो । यस वर्षको अप्रिलमा कतारका अमिरले नेपाल भ्रमण गर्नुभएको थियो । डिसेम्बर १८ कतारले राष्ट्रिय एकता हासिल गरेको र स्वतन्त्र राज्य बनेको दिन हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button