तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री पाण्डेद्वारा कम्बोडिया–भैरहवा सिधा उडान गर्न कम्बोडियाली समकक्षी समक्ष प्रस्ताव 

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको छ ।  

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएका शिष्टाचार एवं बिदाइ भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको हो । 

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत जानकारी गराउनु भएको थियो । यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने ।

पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, सङ्गीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरू र पर्यटन बोर्डहरूबिच साझेदारी गर्न सकिने  विषयमा छलफल भएको थियो । 

यस्तै  दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना,सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय छलफल भएको थियो । यस्तै  पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबिच चर्चा भएको थियो ।संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button