तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

काठमाडौँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक हुनुभएको छ ।

उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीमार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सो समारोहमा यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button