तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम अन्नपूर्ण अध्यक्ष कप आजदेखि

पोखरा । पोखरामा गण्डकी प्रदेश पालिका स्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आज देखि सुरु हुने भएको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज हुने उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका बीच खेल हुने भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ १२ टिमको सहभागिता रहेको संघका अध्यक्ष कृपाश्वर गुरुङले बताउनुभयो ।

मंसिर २९ गतेसम्म हुने उक्त प्रतियोगितामा लमजुङ बेसीशहर, अन्नपूर्ण म्याग्दी ‘ओरेन्ज’, रघुगंगा ‘ग्रे’, अन्नपूर्ण कास्की ‘ब्ल्याक’, रघुगंगा‘ह्वाइट’, मोदी गाउँपालिका पर्वत, अन्नपूर्ण कास्की ‘ह्वाइट’, अन्नपूर्ण म्याग्दी ‘ह्वाइट’, पोखरा महानगरपालिका, बेनी नगरपालिका, मादी गाउँपालिका कास्की र जलजला पर्वत गरि कुल १२ टिमको सहभागिता रहेको छ ।

यस्तै महिलातर्फ कुल ६ टिमको सहभागिता रहेको सहसचिव विश्वास गुरुङले बताउनु भयो । प्रतियोगितामा ललितपुर, अन्नपूर्ण, ग्राण्डी, मर्दीखोला ‘ए’ र ‘बी’ तथा प्रतिभा गरि कुल ६ टिमको सहभागिता रहेको छ ।

लिक कम नकआउटको आधारमा सञ्चालन हुने महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार १ सय ११, उपविजेताले नगद ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले नगद ३० र उपविजेताले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button