नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा
काठमाडौँ । नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा परेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ‘ड्र’मा नेपाल ग्रुप ‘एफ’ मा भियतनाम, मलेसिया र लाओससँग परेको छ । समूह चरणमा सबै टोलीले एक अर्कासँग दुई पटक ६ खेल्नेछन् । ड्र अनुसार नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्नेछ । मलेसियासँगै दोस्रो खेल भने १८ नोभेम्बरमा खेल्नेछ ।
त्यस्तै जुन १० र सन् २०२६ को मार्च ३१ मा लाओससँग नेपालले खेल्ने तालिका छ । नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग खेल्नेछ ।
यो छनोटमा कुल २४ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहका विजेता सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको लागि छनोट हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्