अछाममा वर्षासँगै हिमपात सुरु,जनजीवन प्रभावित
अछाम। अछाममा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । चिसो बढे सँगै जनजीवन प्रभावित भएको छ ।
अछामको रामारोशन, ठुलासैन पाँचुली, कमलबजार आसपासका क्षेत्रमा हिमपात सुरु भएको मङ्गलसेन नगरपालिका वडा नंं ६ ठुलासैनमा बस्ने स्थानीय टेकबहादुर थापाले बताउनुभयो ।
जिल्लाका उच्च लेकाली भागमा हिमपातले यतिबेला डाँडा सेताम्मे भएका छन् ।परिक्षण उडानका लागि तयारी अवस्थामा रहेको कमलबजार विमानस्थल पनि हिउँले ढाँकेको छ ।
वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्