स्वामिकार्तिक खापर उपनिर्वाचन एमाले उम्मेदवार बुढा विजयी
बाजुरा। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा ) विजय हुनुभएको छ । गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उहाँ विजयी हुनुभएको हो ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार पुल्तीसरा शाहीले एक हजार ४७४ र एकीकृत समाजवादी पार्टीका उम्मेदवार जवा शाहीले ५५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका बाजुराले जनाएको छ ।
यहाँको जम्मा मतदाता सात हजार ४६० थियो । यसमा तीन हजार नौ सय तीन मत खसेको थियो । तीन हजार ७६७ मत सदर र १३६ मत बदर भएको छ ।
नौ वटा मतदान स्थल रहेको सो गाउँपालिकाको उपनिर्वाचनमा आइतबार बिहान सात देखि मतदान सुरु भएर बेलुकी पाँच बजे सम्म शान्तिपूर्वक रूपमा उपनिर्वाचन सम्पन्न भएको थियो ।
यहाँको नौ वटै मतदान स्थलबाट यती बेला ५२.३१ प्रतिशत मत सखेको थियो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको लागि भएको उप निर्वाचनमा तीन जनाको निकै प्रतिस्पर्धा भएको थियो ।
यहाँ नेकपा एमालेबाट सुलोचना बुढा (भण्डारी), नेपाली काँग्रेसबाट , पुल्लीसरा शाही एकिकृति सामवादीबाट जवा शाही उपाध्यक्षका लागि उम्मेदवार थिए ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि यस स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।
अहिले नेकपा एमालेकी सुलोचना बुढा (भण्डारी) निर्वाचित भएपछि यहाँ खाली भएको उपाध्यक्षको पद पूर्ति भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्