तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाधाममा ७० प्रतिशत मतदान

जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–१ मा आज सम्पन्न भएको वडाध्यक्ष पदको चुनावमा ७० प्रतिशत मतदान भएको छ ।

बिहान ८ बजे शुरु भएको मतदान कार्यक्रम साझ पाँच बजेसम्म चलेका थियो । कूल ३ हजार २ सय २६ मतदाता रहेकोमा ७० प्रतिशतले मतदान गर्नुभएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

२०८१ साल जेठ ३१ गते तत्कालीन वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि वडाध्यक्षको पद रिक्त थियो ।

सो पदका लागि २० जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button