रुकुम सानीभेरी ५ मा ४३ प्रतिशत मत खस्यो, शान्तिपूर्ण मतदान जारी
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा भइरहेको उपनिर्वाचनमा अहिलेसम्म ४३ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द कोइरालाका अनुसार साढे १२ बजेसम्म ४३.६५ अर्थात् ६ सय २६ जनाले मतदान गरेका हुन ।
नेपाल राष्ट्रिय मावि घापाघारमा क र ख गरि दुई वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र निर्धारित समयमै मतदानको काम सम्पन्न हुने उहाँको भनाई छ । सानिभेरी गाउँपालिकाको वडा नम्बर ५ मा वडाअध्यक्ष पदको लागि कुल १४ सय ३४ मतदाता रहेका छन् ।
जसमा नेपाली काँग्रेसका तर्फबाट मोतीराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत उम्मेदवार रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्