तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी

हेटौंडा १२ मा विहान ११:३० बजेसम्ममा करिब २५०० सय मत खसेको छ

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म २ सय ७६ जनाले मतदान गरेका छन् । बिहान ७ बजे देखि ९ :०५ बजे सम्म २ सय ७६ मत खसेको छ ।  सुर्मा माध्यमिक विद्यालयमा भइरहेको मतदानमा क र ख गरि २ मतदान स्थल रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ ।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

जाजरकोटको नलगाडमा ५ सय ५१ मत खस्यो

जाजरकोटको नलगाडमा ९:२० सम्म ५ सय ५१ मत खसेको छ । नलगाडमा २४ मतदान केन्द्र रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ ।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकामा १ हजार ४ सय  मत खस्यो

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भइरहेको  उपनिर्वाचनको मतदानमा तीन घण्टाको अवधिमा  हजार ४ सय मत  खसेको छ ।

बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा गाउँपालिकाका ५ ओटा वडाका ५ वटै मतदान स्थल र ९ ओटा मतदान केन्द्रमा १ हजार ४ सय  मत खसेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएपछि स्वामिकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनका लागि मतदान भइरहेको हो । गाउँपालिकाको उपाध्यक्ष पदका लागि  नेकपा एमाले बाट सुलोचना भण्डारी बुढा, नेपाली काङ्ग्रेस  बाट पुल्तिसरा शाही र एकीकृत समाजवादी  बाट जवा शाहीको उम्मेदवारी रहेको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७ हजार ४सय ५८ रहेको छ । 

कीर्तिपुर (काठमाडौँ) I कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

उदयपुर I उदयपुरको बेलका नगरपालिका–९ मा ३ हजार १३६ जना मतदाता रहेको केन्द्रमा अहिले ११ बजे सम्म ६ सय मत खसेको छ I 

त्यस्तै त्रियुगा नगरपालिका– १२ मा ११ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ७ सय ३३ मत खसेको छ ।  बिहान ७ बजेबाट मतदान सुरु भएको छ । तिन वटै मतदान स्थलका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान सुरु भएको हो ।

वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् । वडाअध्यक्ष पदका लागि ५ जना राजनीतिक दलबाट र ३ जना स्वतन्त्र गरी जम्मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षेत्री उम्मेदवार छन् । यसैगरी स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

त्यस वडामा नेपाली काङ्ग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन गरिएको हो

जाजरकोट I जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि भइरहेको  उपनिर्वाचनको मतदानमा ११ बजेसम्म  ३ हजार ५ सय ५६ मत  खसेको छ । 

बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा नगरपालिकाको २४ ओटै मतदान केन्द्रमा ३ हजार ५ सय ५६  मत खसेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी कुशे गाउँपालिका वडा नं ७ काे वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ४ सय २८ मत खसेको छ ।

गोरखा I गोरखाको गोरखा नगरपालिका ५ मा अहिले ११ वजेसम्म कुल ७ सय मत खसेको छ ।

हेटौंडा I हेटौंडा १२ मा विहान ११:३० बजेसम्ममा करिब २५०० सय मत खसेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button