तपाईँ सुन्दै हुनुहुन्छः

जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको छ: मन्त्री शाही 

धनगढी । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाही ठकुरीले वर्तमान सरकार गठन भएपछि जनतामा आशा र विश्वास जगाएको बताउनुभयो । मन्त्री शाहीले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने तर्फ सरकार लागिपरेको बताउनुभयो । 

मन्त्री शाहीले वनपैदावरलाई जनतासँग जोडेर समृद्धि हासिल गर्न र पर्यटन विकासमा जोड्न आवश्यक रहेको बताउनुभयो ।उहाँले आरक्षपीडितको उचित व्यवस्थापनका लागि सरकारले आयोग बनाएर जाँचबुझ गरिरहेको बताउनुभयो । 

पत्रकारको जिज्ञासामा मन्त्री शाही ठकुरीले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा विकास गर्ने सरकारी योजना रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button