तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान जारी

काठमाडौँ । काठमाडौँ जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको  छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौँ ल्याइएको थियो । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान लिइएको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले उनको बयान लिइरहेका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । उनीविरुद्ध मङ्सिर २ मा काठमाडौँ प्रहरीले पक्राउ अनुमति पाएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button