तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटना प्रकरणमा के आई सिंह राजमार्ग अवरुद्ध

डोटी । सवारी दुर्घटना प्रकरणमा डोटीस्थित के आई सिंह राजमार्ग अवरुद्ध पारिएको छ ।

शनिबार अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएसँगै आफन्तले क्षतिपूर्तिको मागसहित डोटी स्थित केआईसिंह राजमार्ग अवरुद्ध गरेका छन् । 

दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै सोमबार साँझबाट उक्त राजमार्ग अवरुद्ध गरिरहेका छन् । राजमार्ग अवरुद्ध भएपछि जिल्लाबाट बाहिर जाने र भित्रिने सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् । अलपत्र परेका यात्रुहरूले यथाशीघ्र अवरुद्ध सडक खोल्नु पर्ने दुखेसो पोखेका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पीडित पक्षसँग सहमतिका लागि वार्ता भइरहेको जनाइएको छ । प्रहरीले सो दुर्घटनामा संलग्न भएको आशङ्कामा एक बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । 

शनिवार साँझ सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिखर नगरपालिका–८ खुनस्थित नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउँदको मृत्यु थियो भने मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button