‘दायित्व अनुरुप कर नतिरे कारबाही गरिने’
रुपन्देही । निर्धारित कर ऐनबमोजिम कर नतिर्नेलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख प्रेमराज पोखरेलले बताउनुभएको छ ।
आइतबार कर दाता शिक्षा तथा अन्तरक्रियामा उहाँले आन्तरिक राजश्व कार्यालय मातहत रहेका २ लाख १६ हजार मध्ये ९० कर दातालाई विशेष लक्षित योजना बनाएर कारवाहीको थालनी गरिएको बताउनुभयो ।
देशको आर्थिक विकासको लागि मुख्य श्रोतको रुपमा रहेको कर नतिर्दा विकासका काम प्रभावित हुने उहाँको भनाई छ ।
कार्यक्रममा कर अधिकृत धनिश्वर अर्यालले आम्दानी बापतको करका साथै प्रत्येक व्यक्तिले आफूसँग भएको आम्दानी बापतको रकम पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा करसँग सम्बन्धित विद्यमान कानून, करका ऐन तथा कानून कार्यान्वयनमा सञ्चारकर्मी तथा पत्रकारहरूको भूमिकामा जोड दिइएको थियो । हालसम्म ८९ वटा कम्पनी कारबाहीमा परेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्