तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाको उम्मेदवारी

कञ्चनपुर । मङ्सिर १६ हुने उपनिर्वाचन अन्तरगत भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि दश दल र दुई स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।

भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसका प्रकाश चन्द, नेकपा माओवादी केन्द्रका नानाराम कोली, राष्ट्रिय स्वतन्त्रका रामदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीका दल बहादुर बोहरा, राप्रपा नेपालका दपल बहादुर धामी, राप्रपाका सुशील कुमार भट्ट, जनमत पार्टीका यादव भट्ट र समाजवादी दलका जितेन्द्र बहादुर चन्दको उम्मेदवारी दर्ता भएको हो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार युवराज चन्द र थानेश्वर लेखकले पनि उक्त पदका लागि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button