तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान संशोधन आजको आवश्यकता हो’ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आजदेखि सुरु भएको मुख्य न्यायधिवक्ताहरुको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले संविधान निमार्ण भएको १० वर्ष पुगेकाले अव एक पटक यस  विषयमा गम्भीर रूपमा बहस र छलफल गर्नु आवश्यक रहेको बताउनुभयो । 

नेकपा एमाले र नेपाली काँग्रेस बिच भएको सहमतिको आधारमा संविधान संशोधन  प्रक्रिया अघि  बढाउनुपर्ने उहाँको भनाई थियो । अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले निर्वाचन प्रणालीमा सुधार ल्याउन पनि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले फास्ट ट्र्याकबाट न्याय सम्पादन गर्नुपर्नेमा समेत जोड दिनुभयो । प्रदेश सरकारले आवश्यकता अनुसार कर्मचारीका दरबन्दीका लागि माग गर्दा कतिपय अवस्थामा त्यस्ता कुराहरू अदालतमा पुग्ने गरेकाले त्यस्ता विषयलार्ई चाडै टुङ्ग्याउन  समेत उहाँले आग्रह गर्नुभयो ।  

नेपाल सरकारका महान्यायाधिवक्ता रमेशप्रसाद बडालले विधिको शासन स्थापित गर्न न्याय सम्पादन कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा  कोसी प्रदेशका सभामुख अमर बहादुर विष्ट, उच्च  अदालत विराटनगरका मुख्य न्यायधिश रमेशप्रसाद भण्डारी, कोसी  प्रदेशका मुख्य न्यायधिवक्ता नारायण बस्ती,सह–न्यायधिवक्ता निर्मला दाहाल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती वद्धिवहादुर कटुवाल  तथा चूडामणि  आचार्यलेले प्रभावकारी  कानुन कार्यान्वयनमा जोड दिनुभयो । 

दुई दिनसम्म चल्ने सो सम्मेलनमा  सात वटै प्रदेशका  मुख्यन्याधिवक्ता, सह–न्यायधिवक्ता तथा सो कार्यालयका कार्यालय प्रमुखहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button