तपाईँ सुन्दै हुनुहुन्छः

देवीघाटमा भक्तजनको घुइँचो

नुवाकोट । हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ ।

नुवाकोटको विदुर नगरपालिका–५ स्थित प्रसिद्ध जालपादेवी मन्दिर देवीघाटमा लागेको मेलामा फूलको तोरण बन्धन गर्दै । मनोकाङ्क्षा पूरा भएको विश्वास तथा पितृ मोक्षको लागि यो वर्ष यहाँ ३५ स्थानबाट ल्याइएको फूलको डोली एवं छत्रले त्रिशूली नदी वारपार गर्दै जालपादेवी मन्दिरमा तोरण बन्धन गरिएको छ ।

सोमबार साँझदेखि सुरु भई आज अपराह्नसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दा बढीले त्रिशूली गङ्गा स्नान, जालापादेवी मन्दिरको दर्शन, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेको मन्दिरका पुजारी रणबहादुर चित्रकारले जानकारी दिनुभयो । 

देवीघाटस्थित तादी र त्रिशूली नदीको सङ्गम स्थलमा विभिन्न जिल्लाबाट ल्याइएको एकसय बढी रथ, छत्र र फूलको डोली त्रिशूली नदी तारिएको छ । साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा पु¥याइएको फूलको डोली रातभर पूजा गरी बिहान सूर्योदयसँगै तार्न सुरु गरिएको देवीघाट–जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिनुभयो ।

हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगयाधाम बेत्रावतीसहित दुप्चेश्वर महादेवको मन्दिर, किस्पाङस्थित फिकुरी मन्दिर लगायतका स्थानमा मेला लाग्ने गर्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button