विश्व कराँतेमा भाग लिन नेपाली खेलाडी जापान प्रस्थान
काठमाडौँ । नोभेम्बर १० मा हुने विश्व क्योकुशिन कराँते फुल कन्ट्याक्ट प्रतियोगितामा भाग लिने खेलाडीहरू जापान प्रस्थान गरेका छन् ।
विश्व क्योकुशिन काई कराँते महासङ्घका उपाध्यक्ष अशोककुमार श्रेष्ठको नेतृत्वमा अफिसियल इन्द्र नेपाल, खेलाडीहरू मञ्जु विक र छविलाल खड्का त्यसतर्फ प्रस्थान गर्नुभएको हो । काठमाडौँमा हालै भएका एक शुभकामना आदानप्रदान तथा खेलाडी बिदाइ कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बिदाइ गर्नुभएको थियो ।
उहाँले पदकसहित नेपाल फर्कने खेलाडीलाई बागमती प्रदेशले पनि नगदसहित उच्च समान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्