तपाईँ सुन्दै हुनुहुन्छः

१० थान भरुवा बन्दुक सहित तीन जना पक्राउ 

बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ६ सटेडाबाट १० थान भरुवा बन्दुक र ३३ थान बन्दुकको नाल  सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका(१ सल्लेनाका ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गोरे लुहारको घरमा अवैध भरुवा बन्दुकको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलिले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक र बन्दुकका नाल सहित तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरिले बताउनुभयो । 

 यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button