सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर
त्रिशूली (नुवाकोट) । लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । निजको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनी ट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्