गमगढी–नाक्चेनाङ्ला सडक अलपत्र, १८ वर्षमा १७ किमी निर्माण
जुम्ला । कर्णाली प्रदेशको लाइफलाइन आयोजनाका रुपमा रहेको गमगढी–नाक्चेनाङ्ला सडक निर्माण १८ वर्षदेखि अलपत्र परेको छ ।

गमगढी–नाक्चेनाङ्ला सडक निर्माणले कर्णाली लाई उत्तरी चीनसँग जोड्ने र कर्णालीको विकासमा टेवा पुग्ने भए पनि १८ वर्षदेखि सडक आयोजना निर्माण कार्य अलपत्र भएको हो ।

कूल ८५ किलोमिटरको गमगढी–नाक्चेनाङ्ला सडक चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । तर सरकारको बेवास्ताकै कारण सडक निर्माण अलपत्र भएको मुगाली समुदायको गुनासो छ ।
गमगढी–नाक्चेनाङ्ला सडकको २०६२÷०६३ मा विस्तृत सर्भे भएको थियो । सर्वे प्रतिवेदन फाइनल भएपछि आर्थिक वर्ष २०७२/०७३ सालबाट यो सडक निर्माण सुरुवात गरिएको थियो । बितेको १८ वर्षको अवधिमा कूल ८५ किमी दुरी रहेको यो सडकको १७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ ।







प्रतिक्रिया राख्नुहोस्