बाहुनीडाँडामा विपद व्यवस्थापन भवन
खोटाङ -खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा रेडक्रसको विपद व्यवस्थापन भवन निर्माण गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका, वडा कार्यालय र रेडक्रस उपशाखा बाहुनीडाँडाको संयुक्त १० लाखको लगानीमा एक कोठे भवन निर्माण गरिएको हो ।
बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयलाई बाढी पहिरो, आगलागी, चट्याङ लगायतका विपदका समयमा उद्धारका कार्यक्रम सञ्चालन गर्नेगरी रेडक्रसको विपद व्यवस्थापन भवन निर्माण गरिएको हो ।
कदुवामा निर्माण गरिएको विपद व्यवस्थापन भवन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएको छ । विपद व्यवस्थापनकाक्रममा उपयोग गरिने उद्धार तथा सहयोगका सामग्री भण्डारण गर्नेगरी भवन निर्माण गरिएको नगरप्रमुख राईले बताउनुभयो । सोही भवनबाट रेडक्रस उपशाखाको कार्यालय पनि सञ्चालन हुने छ ।
नगरपालिकाकै सहयोगमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा पनि ४५ लाखको लागतमा नगरस्तरिय विपद व्यवस्थापन भवन निर्माण सुरु गरिएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्