राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गर्नुभएको हो ।

बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।
दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धि दात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्