तपाईँ सुन्दै हुनुहुन्छः

होली पर्वमा विशेष सतर्कता अपनाउन जिल्ला प्रसासन कार्यलय झापाको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले नजिकदैगरेको रंगहरुको पर्व होली पर्वमा बिशेष सर्तक रहन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सुचनामा जारी गर्दैहोली पर्वमा भिज्ने, अविर लगाउने तथा लोला हान्ने जस्ता कार्यहरु नगर्न तथा नगराउन सचेत गराएको छ ।

सोही विज्ञप्ती मार्फत कार्यलयले धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी तथा महोत्सवहरु नगर्न पनि निर्देशन दिएको छ । साथै जिल्लामा सञ्चालन गर्ने भनेर यस अघि नै मिति तय गरिएका कार्यक्रमहरु समेत सञ्चालन गर्न जिल्ला प्रसासन कार्यलयले रोक लगाएको छ ।

प्रशासन कार्यालयले विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै शैक्षिक संस्थाहरुमा समेत धेरै मानिस जम्मा हुने बार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

नेपाल सरकारको निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालय झापाले पाँच बुदे जरुरी सुचना जारी गरी सो जानकारी गराएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button