मह किसानको समस्या अध्ययन गर्न समिति गठन
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरूको समस्या अध्ययन गर्न एक समिति गठन गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरि ९ सदस्यीय समिति गठन गर्नुभएको हो ।
समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरि कार्यदलले सुझाव दिने विश्वास ब्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरि स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताउनुभयो ।
मह किसानहरुले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छन् । मह आयात रोके पनि सिरफको रुपमा यस्को आयात भइरहेको भन्दै मह किसानहरुले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छन् ।








प्रतिक्रिया राख्नुहोस्