तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जबाट काँकडभित्ता जाँदै गरेको बसले फोर्स गाडीलाई ठक्कर दिँदा सात जना घाइते

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत् पूर्व पश्चिम राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुकुमबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३२५५ नम्बरको फोर्स गाडीलाई नेपालगञ्जबाट काँकडभित्ता जाँदै गरेको ना ६ ख ५०७० बसले आज दिउँसो साढे तीन बजेतिर अगैया र जिरोको बीचमा ठक्कर दिँदा दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट शम्शेगञ्जले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ । ठक्कर दिएर अगाडि बढेको बसलाई कुसुम प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button