छानबिन समिति सहकारी पीडितलाई न्याय दिन सक्षम हुने विश्वास छः सभापति लामिछाने

सुदूरपश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समिति सहकारी पीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
धनगढीमा आज बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उहाँले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताउनुभयो । सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टीकाटिप्पणी भइरहेका भन्नुहुँदै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राख्नुभयो । “जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाए हुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उहाँले भन्नुभयो,“यस विषयमा समितिले विधि र पद्धतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।”
पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दाबी गर्नुभयो । पार्टीका सहप्रवक्ता रमेश प्रसाईँले पार्टीमा देखिएको उचारचडाबबाट विचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्