तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वास्थ्य लाभको विशेष प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपण सफलताका साथ सम्पन्न होस् भन्ने सुभकामना सहित शिघ्र स्वास्थलाभको कामनाको लागि प्रस्तुत गर्नु भएको बिशेष प्रस्तावलाई सर्वसम्मतीले स्विकृत गरेको छ ।

बैठकले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको राष्ट्रिय खेलकुद विकास विधेयक २०७६ संशोधनसहित सर्वसम्मतीले पारित गरेको हो ।

बैठकले गत बैठकमा प्रस्तुत कारागार विधेयक २०७६ र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रस्तुत गर्नु भएका पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ स्विकृत गरेको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङले प्रस्तुत गर्नु भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button