तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक: विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्तुत गर्ने क्रम जारी

   
काठमाडौँ । प्रतिनिधिसभाको विषयगत समितिमा छलफल जारी विद्यालय शिक्षा विधेयकमाथि आज पनि संशोधनकर्ता सांसदहरुले आफ्ना संशोधन प्रस्तुत गर्नुभएको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसदहरु ऋषिकेश पोखरेल, गगनकुमार थापा, हितबहादुर तामाङलगायतले प्रधानाध्यापकको छुट्टै दरबन्दी व्यवस्था गरिनुपर्ने, विद्यालय तहमै नैतिक तथा सांस्कृतिक  सिकाइनुपर्ने र  शिक्षकलाई राजकीय मर्यादामा राखिनुपर्ने संशोधन प्रस्तुत गर्नुभयो ।
बैठकमा सांसदहरुले  विद्यालय तहको शिक्षालाई श्रम र उपपादनसँग जोड्नका लागि विज्ञहरुको विशेष समिति गठन गरी नयाँ पाठ्यक्रम निर्धारण गर्न कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिँदै एउटा पालिकामा तीनदेखि पाँच वटासम्म मात्रै विद्यालय राखेर मर्ज गरिनुपर्ने संशोधन प्रस्तुत गर्नुभयो । 
लामो समयदेखि कार्यरत राह, करार तथा विशेष शिक्षकलाई एक पटकका लागि आन्तरिक परीक्षामा सहभागी गराएर स्थायी गरिनुपर्ने व्यवस्था विधेयकमा राख्न सुझाव दिँदै सांसदहरुले पाठ्यसामग्री महिला तथा अपाङ्गमैत्री बनाउनै पर्ने कानूनी व्यवस्था राख्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button