तपाईँ सुन्दै हुनुहुन्छः

शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे 

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनु भएको छ ।
‌ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको सगरमाथा आरोहीहरूलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भन्नु भयो डोरी टाडने देखि आारोहीलाई शिखरमा पुर्‍याउने काममा शेर्पाहरूले गर्दा नै पर्वतारोहण सहज सफल भएको भन्दै शेर्पाको कारण नै सगरमाथा विश्वमा थप चिनिएको हो । कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पा देखी २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पा सम्म छन् । त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा सेर्पालाई घोषणा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button