टिआरसी विधेयकमा उल्लेख गरिएका विषयमा राष्ट्रिय सहमति भन्दा बाहिर जान नहुने
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन विधेयक (टिआरसी), संविधान संशोधन, मुलुकमै रोजगारी सिर्जना लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले प्रतिनिधिसभाबाट पास भएको टिआरसी विधेयक सकारात्मक रुपमा आएको भन्दै विधेयकमा उल्लेख गरिएका विषयमा राष्ट्रिय सहमति भन्दा बाहिर जान नमिल्ने बताउनुभयो ।
सांसदहरुले संसद्वाद प्रतिवाद र आरोप प्रत्यारोप गर्ने थलो नभएको भन्दै संवादका माध्यमबाट देश र जनताका पक्षमा काम हुनेगरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।
सांसदहरुले मुलुकमा रहेका सार्वजनिक संस्थानहरू र स्पष्ट नीतिसहित उद्योगहरू सञ्चालन गरेर देशमा नै रोजगारी सिर्जना गरी सरकारले युवा विदेश पलायन रोक्न सकिने बताउनुभयो ।
संविधान अनुसार स्थानीय तहलाई बलियो बनाउनु पर्ने, स्थानीय तहमा रोजगारी सिर्जना गर्नुपर्ने, स्थानीय तहमा अपाङ्गमैत्री संरचना निर्माण गरिनु पर्नेमापनि सौसदहरुले जोड दिनुभयो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा हप्ताको तीन दिन मात्रै शुन्य समय रहँदै आएकोमा अब हरेक बैठकमा शुन्य समय रहने र चक्रीय आधारमा सांसदहरुले धारणा राख्ने विषयमा सदनमा जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्