तपाईँ सुन्दै हुनुहुन्छः

घर-घरमा खानेपानीको धारा आउँदाको खुशी 

सल्यान । सल्यान कालीमाटी गाउँपालिका ७ र्‍याङमा घर-घरमा खानेपानी धारा आएपछि स्थानीयमा खुसीयाली छाएको छ । र्‍याङका ७४ घरधुरीमा एक घर एक धारा कार्यक्रम अनुरूपमा घर घरमा खानेपानी धारा जडान भएपछि स्थानीय हर्षित भएका हुन । 

घर घरमा शुद्ध खानेपानी आएपछि विगतका पिर मर्का सबै भुलाइ दिएको कालीमाटी गाउँपालिका ७ र्‍याङकी ३७ वर्षीया नेपा कुमारी कामीले बताउनु भयो ।  विगत सम्झँदै उहाँले भन्नु भयो पहिले त हामीले खोलाको पानी, वर्षातमा तिनको छानाबाट थापेर खाएनौ की बबई नदी किनारमा खाल्डो बनाएर खाएनौ की ? खानेपानी लागि कति दुःख भए भए । 

खानेपानीको जोहो गर्न गरेको दुःख सम्झिँदै घरमै पानी आएपछि निकै खुशी लागेको र्‍याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष रातो बस्नेतले बताउनु भयो । गाउँपालिका हेल्पटासको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताउनु भयो । विगतमा खोल्साखोल्सी तथा बबई किनारमा गएर  पानी ल्याउनु पर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा‘ले त्यसको अन्त्य भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘हिउँदमा एक किलोमिटर टाढा गएर खोला खोल्सी र वर्षातको समयमा बबई नदी किनारमा खाल्डो बनाएर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता थियो ।’

कालीमाटी गाउँपालिकाको १७ लाख, हेल्पटासको ३४ लाख र २० प्रतिशत जनश्रमदान गरी ६४ लाखको लागतमा ७४ घरमा खानेपानीको धारा जडान भएको बस्नेतले बताउनु भयो । 

बस्ती भन्दा झन्डै तीन किलोमिटर टाढा आम्बासबाट पानी ल्याएर घर घर वितरण गरेपछि स्थानीयमा खुशी छाएको वडा न ७ का वडाध्यक्ष मित्रलाल पुनले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो बस्तीका स्थानीयको पुस्तौँदेखि को खानेपानीको समस्या भोग्दै आएकोले गत वर्षको बजेटमा रकम विनियोजन गरेपछि अहिले यो बस्तीका स्थानीयको एक घर एक धारा निर्माण भएको हो ।’

नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्य अनुरुप ७४ घरधुरीलाई एक एक वटा फिल्टर समेत वितरण गरिएको वडाध्यक्ष सुनारको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button