राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे चीन प्रस्थान

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८औँ चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्नुभएको हो ।
उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल इष्टर्न चाइना एयरलाइन्सको उडानबाट चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रियसभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह हुनहुन्छ ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले जुलाई २३ मा हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल यही साउन १० गते नेपाल फर्कनुहुने छ ।







प्रतिक्रिया राख्नुहोस्