तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको राजस्व २० अर्ब ३६ करोड

रसुवा । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ ।

नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो  । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको छ । यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले  वृद्धि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button