प्रदेश सरकारको बजेट माथिको छलफलमा जसपाको अवरोध

जनकपुरधाम । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८१/२०८२ का लागि पेश गरिएको बजेट माथिको जारी रहेको छलफल कार्यक्रममा जनता समाजवादी पार्टी नेपालले आज अवरोध गरेको छ ।
बैठक शुरु भएको घोषणा गर्ने बित्तिकै जनता समाजवादी पार्टी नेपाल सहितका दलहरूले चार दलले मुख्यमन्त्रीलाई बजेटको रातो किताबमा भएको समस्या सहितका तीन विषयमा ध्यानाकर्षण गरेको भएपनि सरकारको कुनै जवाफ नआएको भन्दै बैठक अवरोध गरेका छन् ।
मधेश प्रदेश सरकारले प्रदेश सभामा अगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट माथिको छलफल असारको २१ गतेबाट शुरु भएको छ । २२ गते मुख्यमन्त्रीले विश्वासका मत लिएका थिए भने २३ गतेको लागि बोलाइएको बैठक जसपाले अवरोध गरेका छन् ।
जसपालाई आ–आफ्नो स्थानमा बस्नका लागि सभामुखले आग्रह गर्दा पनि नमानेपछि सभामुखले १० मिनटका लागि स्थगित गर्नु भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्